देउसी भैलो समूहको कुटपिटबाट एक जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्न आएका युवाहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, देउसी भैलो खेल्दै आएको समूहको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
बिहीबार राति नाचगानकै क्रममा केही युवाले सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्तबहादुरलाई उपचारका लागि स्थानीय लुम्बिनी मेडिकलमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर छन् ।
मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।
Facebook Comments