गुल्मीमा दुई स्थानमा आ*गलागी : १४ बाख्रासहित २० पशुचौपाया म*रे
मेयरसाप डेस्क
|
१३ घण्टा अगाडि
गुल्मी । गुल्मीका फरक दुई स्थानमा भएको आगलागीबाट एक घर र एक गोठमा ठूलो क्षति भएको छ ।
रेसुङ्गामा आगलागीः रेसुङ्गा नगरपालिका–४ अर्खलेमा इश्वरीप्रसाद भण्डारीको ढुङ्गा–माटोले बनेको तीनतले घर विद्युत सर्ट भएर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुका अनुसार अन्नपात, लत्ताकपडा र भाँडासमेत जलेका छन् भने सोसँगै जोडिएको अर्को पक्की घरका दुई कोठा आंशिक क्षतिग्रस्त भएका छन् ।
शुक्रबार राति करिब १०ः०० बजे चन्द्रकोट गाउँपालिका–५ किटनीमा धनबहादुर बिटालुको खरको छानो भएको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र ६ वटा कुखुरा जलेर मरेका छन् । गोठभित्र रहेको अन्नपात पनि नष्ट भएको प्रहरीले जनाएको छ ।
दुवै स्थानको आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन र क्षति विवरण सङ्कलन भइरहेको छ ।
Facebook Comments