रुकुम पश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १० जना गम्भीर घाइते भएका छन् ।घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

जिपमा करिब २० जना यात्रु सवार थिए । मृतकहरूको परिचय खुल्न बाँकी छ ।


Facebook Comments