राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले दिए पदबाट राजीनामा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/690098a22317e.jpg

काठमाडौं । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।  

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ । 


Facebook Comments