हेटौंडा उपमहानगरपालिकामा जनगुनासो बढ्दोः कार्यालयमा न मेयर, न उपमेयर

सेवा प्रवाह अस्तव्यस्त

User Image दिक्षान्स खड्का | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900a146d5a71.jpeg

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा हाल न त मेयर मीनाकुमारी लामा छन्, न त उपमेयर राजेश बानिया नै सक्रिय देखिन्छन्। यद्यपि कार्यालय खुलेको भए पनि सेवा प्रवाह अत्यन्त अस्तव्यस्त बनेको स्थानीयले गुनासो गरेका छन्।

नगरपालिकाको कर शाखा लगायतका कार्यालयहरू खुला त देखिन्छन् तर काम भने ठप्पजस्तै रहेको जनगुनासो छ। केही कर्मचारी आफ्नो मोबाइल चलाउन व्यस्त छन् भने अरू चिया–गफमै समय बिताइरहेका देखिन्छन्। कर तिर्न वा अन्य कामका लागि कार्यालय पुगेका सर्वसाधारणले लामो प्रतीक्षा गर्नुपरेको र कुनै पनि जिम्मेवार व्यक्ति उपलब्ध नहुँदा असन्तुष्टि जनाएका छन्।

स्थानीय भन्छन्, “नगरपालिकाले सेवा दिने जिम्मा लिए पनि नेतृत्व अभावमा सबै प्रक्रिया ढिलो भइरहेका छन्। न त समयमै काम हुन्छ, न त उत्तरदायी कोही भेटिन्छ।”

जनताको करबाट सञ्चालन हुँदै आएको हेटौंडा उपमहानगरपालिकाले जनगुनासो सम्बोधन गर्न तथा सबै अभिलेख र सेवा प्रक्रियालाई पारदर्शी बनाउन तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।


Facebook Comments