प्रधानमन्त्रीसँग भेटेर जेनजी युनाइटेडका प्रतिनिधिले भने– हामीलाई मिलाउन पहल गरिदिनुहोस्

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900c428c5f4a.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइटेड फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिहरूले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

जेनजी युनाइटेड फर परिवर्तन’ की प्रतिनिधि सदीक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले अपिल पत्र समेत बुझाएको बताइन् । उनले भनिन्, ‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुप¥यो । हामीलाई त्यतिले मात्रै पुग्दैन हामीलाई सरकारको सपोर्ट चाहिन्छ । हामीले अपिल पत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छौं ।

त्यसमा युनाइटेड हुन हामीलाई सहयोग गरिदिनुहोस् भनेका छौं । किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो, यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ ।’ छलफलमा जेनजी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए । उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन् ।


Facebook Comments