विश्वकप लिग–२: आज यूएईसँग खेल्दै नेपाल
मेयरसाप डेस्क
|
२ दिन अगाडि
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ः१५ मा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।
लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त यूएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले यूएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।
Facebook Comments