१८औं एल.डी. मेमोरियल गोल्ड कप २०२५ः नेपाल र भारतका १६ टिमको प्रतिस्पर्धा
 
                                                            सिक्किम । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको यो फुटबल महोत्सवमा भारत र नेपालका जम्मा १६ वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालबाट मकवानपुर एफसी र झापा एक्सएल ले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको फाइनल खेल २०२५र०९र०९ मा हुनेछ, जसको विजेताले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उपविजेताले ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको संरचनाः
सहभागी १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ुग्रान्ड फिनालेु तर्फ अगाडि बढ्नेछन्। आयोजकले प्रतियोगितालाई सफल बनाउन र सहभागी टिमहरूलाई उत्कृष्ट प्रतिस्पर्धाको वातावरण प्रदान गर्न तयारी गरिरहेको छ।
नेपाली टिमहरूले भारतको सिक्किममा हुने यस प्रतिष्ठित प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments