कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                             
                                                            पाटन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठक स्थगित भएको जानकारी दिए ।
असोज २८ गतेदेखि सुरु भएको यो बैठकबीचमा पटक–पटक बस्दै आएको थियो र कात्तिक १३ गते (बिहीबार) पुनः बसेको थियो । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सञ्चालन भएको थियो ।
बैठकमा जेन–जी आन्दोलन, विकसित पछिल्लो राजनीतिक घटनाक्रम, १५औँ महाधिवेशनको तयारी, प्रतिनिधिसभा विघटन, फागुन २१ को घोषित निर्वाचन, शान्ति सुरक्षा तथा सुशासनको अवस्था र कार्यसम्पादन समितिको निर्णयलगायत १० प्रस्तावमा छलफल जारी थियो ।
बैठकमा केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिहरूसहित १६५ सदस्य सहभागी थिए । शुक्रबारको बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, रमा कोइराला (पौडेल) लगायतका नेताहरूले धारणा राखेका थिए ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments