मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/hiu.PNG

गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ बजेतिर घटना भएको उनले बताए । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको छ,' उनले भने, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।” 

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उनले भने। घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उाले बताए ।.


Facebook Comments