मध्यरातमा ‘अ*श्लील’ स्टाटस लेखेपछि बालेनको चर्काे आलोचना
मेयरसाप डेस्क
|
१५ घण्टा अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति सामाजिक सञ्जालमा लेखेको स्टाटसमा अश्लील शब्द प्रयोग भएको भन्दै चर्को आलोचना भइरहेको छ। अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको उक्त स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
आलोचना सुरुभएपछि उनले स्टाटस केही समयपछि नै हटाएका थिए। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट गरेर व्यापक टिप्पणी गरिरहेका छन्। उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गाली गरेका छन्।
उक्त स्टाटसप्रति पक्ष र विपक्षमा दुवै खालका प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले बालेनको अभिव्यक्तिलाई ‘अशोभनीय र गैर–जिम्मेवार’ भनेका छन् भने केहीले त्यसलाई ‘राजनीतिक निराशाको परिणाम’का रूपमा व्याख्या गरेका छन्। मेयर शाह पछिल्लो समय आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् ।

Facebook Comments