जङ्गी अड्डा ताेडफाेड गर्न गएका युवा रातभर महिला शौचालयमा लुके, बिहान परे पक्राउ

भाग्न खाेज्दा प्रहरी र सेनाकाे फन्दामा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/jangi-adda-godhai.jpg
तस्बिर : एआईको सहयोगमा

काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाभित्र मध्यराति प्रवेश गरेर तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सिन्धुली घर भई काठमाडौंको न्युरोड बस्ने २४ वर्षीय राहुल बोगटी असोज १८ गते राति करिब ११ बजे तारबार नाघेर जङ्गी अड्डा प्रवेश गरेको खुलेको छ ।

बोगटीले जङ्गी अड्डा परिसरमा रहेको त्रिभुवन आर्मी अफिसर क्लबको सभामण्डप भवनभित्रको ड्राइ सौनामा तोडफोड गरेका थिए । सेनाका अनुसार, तोडफोडबाट ३७ हजार २०० रुपैयाँ बराबरको क्षति भएको छ ।

रातभर महिला शौचालयमा लुकेर बसेका बोगटी भोलिपल्ट बिहान क्लबको गेटबाट बाहिर निस्किने क्रममा सेनाले थाहा पाएपछि सेना र प्रहरीको संयुक्त खोजबाट उनलाई काठमाडौं–२८, संकटा मन्दिरमा फेला पारिएको थियो ।

ज्याला मजदुरी गर्ने बोगटीले होस गुमेका कारण जङ्गी अड्डा प्रवेश गरेको बयान दिएका छन् । उनीविरुद्ध आपराधिक उपद्रव कसुरमा कात्तिक १२ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।


Facebook Comments