सोरु गाउँपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/soru-gaupalika.jpg

मुगु । मुगुको सोरु गाउँपालिकाले पालिकाको विभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थायी एवं करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार, संघीय सरकारको नीतिगत निर्णय तथा परिपत्रलाई आधार मानेर यो निर्णय गरिएको हो ।

मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५ को निर्णय र अर्थ मन्त्रालयको मिति २०८२ असोज ८ को परिपत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरू राख्न नपाउने निर्देशन आएको छ ।

गाउँपालिकाले संघ, प्रदेश तथा स्थानीय तहबाट प्राप्त आर्थिक स्रोत र १६औँ गाउँसभाबाट स्वीकृत सङ्गठन संरचना २०८२ अनुसार दरबन्दीमा रहेका कर्मचारीबाहेक २४ जनाभन्दा बढी करार तथा अस्थायी कर्मचारीको पुनः म्याद थप नगरी स्वतः खारेज गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले दरबन्दीभन्दा बाहिर रहेका ती कर्मचारीलाई असोज महिनासम्मको तलब मात्र खुवाउन सकिने र त्यसपछि पालिकाको स्रोत तथा मन्त्रालयको पत्रअनुसार उनीहरूलाई निरन्तरता दिन नसकिने स्पष्ट पारेका छन् ।


Facebook Comments