पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा संस्थापन र इतर दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ । बैठकमा महामन्त्री गगन थापाले पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।
Facebook Comments