शान्ति र न्यायको मार्गमा अग्रसर हुन नेता रिजालको आह्वान

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/bishnu-rijal.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा दिगो शान्ति र न्याय कायम गर्न युद्ध र एकाधिकारको अन्त्य गर्दै शान्तिको मार्गमा अग्रसर हुन सबैलाई आह्वान गरेका छन् ।

चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५औँ विश्व सम्मेलन लाई सम्बोधन गर्दै नेता रिजालले विश्व राजनीतिमा बढ्दै गएको प्रभुत्वको प्रतिरोध र एकाधिकारविरुद्ध सहभागिताको बाटो पहिल्याउन आवश्यक रहेको बताएका हुन् ।

रिजालले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको समयमा एमालेले जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई अँगालेको जानकारी दिए ।

उनले समयको परिवर्तनलाई आत्मसात् गर्ने विशिष्ट नेपाली बाटोका रूपमा व्याख्या गरे । उनले सम्मेलनमा चिनियाँ विशेषतासहितको समाजवादी यात्राको सराहना गरेका थिए ।


Facebook Comments