अमेरिकामा जहाज दु*र्घटना : ४ जनाको मृ*त्यु, १९ घाइते
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिलमा मङ्गलबार साँझ युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा चालक दलका तीन सदस्यसहित कुल चार जनाको मृत्यु भएको अमेरिकी सिएनएनले जनाएको छ ।
लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुका लागि उडेको जहाजको पंखामा उडानको केही बेरमै आगो लागेको थियो । आगो लागेको केही क्षणमै औद्योगिक भवनहरू रहेको क्षेत्रमा जहाज खस्दा विस्फोट भएको थियो ।
दुर्घटनास्थल नजिकै रहेका कम्तीमा १९ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । मृत्यु हुनेमा चालक दलका तीन सदस्यबाहेक एक जना स्थानीय व्यक्ति रहेका छन् ।
दुर्घटनाग्रस्त एमडी–११ फ्रेटर मोडेलको जहाजले झन्डै १ लाख ४४ हजार लिटर (३८ हजार ग्यालिन) इन्धन बोकेकोले वरपरको ८ किलोमिटरसम्मको क्षेत्रमा मानिसहरूलाई सुरक्षित रहन भनिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ । जहाज निर्माता बोइङ (म्याकडोनेल डगलस कम्पनीको विलयपछि) ले दुःख व्यक्त गर्दै अनुसन्धानमा प्राविधिक सहयोग गर्ने जनाएको छ ।
Facebook Comments