प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
कारण देखाऊ आदेश जारी
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विषय असंवैधानिक भएको भन्दै दायर रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको इजलासले प्रधानमन्त्री कार्कीको नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालयसहित विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर कार्कीलाई (जो पूर्व प्रधानन्यायाधीश भएकाले संविधानले प्रधानमन्त्री बन्न नमिल्ने) नियुक्ति गरेको भन्दै नियुक्ति बदर गर्न माग गरिएको छ ।
रिट निवेदकले नियुक्तिबाट संविधानको धारा ७६ र १३२ (२) को ठाडो उल्लङ्घन भएको दाबी गरेका छन् । साथै, नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई बाधा अड्काऊ फुकाउने अधिकार नदिएको र सो अधिकारको समयावधि पनि समाप्त भइसकेको जिकिर गरिएको छ ।
इजलासले अन्तरिम आदेश दिने/नदिने विषयमा थप छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
Facebook Comments