इन्द्रावतीमा प्रधानाध्यापकमाथि विव्यस अध्यक्षको हातपात, आँखामा चोट

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/teacher-kutai.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयमा कार्यरत प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेका छन् ।

बुधबार विव्यस पुनर्गठनको विषयमा बैठक चलिरहेको बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी मुड्की प्रहार गरेको बैठकका सहभागी वडा सदस्य नरेश तामाङले बताएका छन् । कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ ।

घटनापछि विद्यालयमा तनाव सिर्जना भएको छ । यसैबीच, नेपाल शिक्षक महासंघ, इन्द्रावती गाउँपालिकाले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । 

महासंघले विव्यस अध्यक्ष तामाङविरुद्ध तत्काल कानूनी कारबाहीको माग गरेको छ र दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।


Facebook Comments