सर्पले टोकेर झापामा एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/death_3.jfif

झापा । सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।


Facebook Comments