एएनएफए प्रेसिडेन्ट लिग २०२५ः काक्रे बिहार र नवा जन जागृतिबीचको खेल बराबरीमा समाप्त

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-11-08-at-22641-pm.jpeg

हेटौंडा। अखिल नेपाल फुटबल संघ (एएनएफए) को आयोजनामा हेटौंडाको गौरीटार रंगशालामा आज सम्पन्न एएनएफए प्रेसिडेन्ट लिग २०२५ को सातौँ खेलमा काक्रे बिहार युवा क्लब र नवा जन जागृति युवा क्लबबीचको रोमाञ्चक प्रतिस्पर्धा १–१ को बराबरीमा समाप्त भएको छ।

खेलको पहिलो गोल काक्रे बिहार युवा क्लबका आशीष चापागाईंले खेलको ३८औँ मिनेटमा गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा, ४५ं१ औँ मिनेटमा नवा जन जागृति युवा क्लबका रुजन न्यौपानेले बराबरी गोल गर्दै खेललाई पुनः प्रतिस्पर्धात्मक बनाए।

दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि कुनै टोलीले गोल गर्न सकेन। खेलभर दुबै टोलीका गोलरक्षक र डिफेन्स लाइनले उत्कृष्ट प्रदर्शन गरे।

उत्कृष्ट प्रदर्शनका लागि काक्रे बिहार युवा क्लबका ज्युनियर नम्बर २५, सरिन जीसीलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।

आजको परिणामसँगै दुवै टोलीले लिग अंक तालिकामा एक–एक अंक बाँडेका छन्। हेटौंडाको गौरीटार रंगशालामा जारी एएनएफए प्रेसिडेन्ट लिगले प्रदेश र स्थानीय स्तरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरिरहेको छ।


Facebook Comments