माओवादी केन्द्रका मधेश प्रदेश सांसद अन्सारीले आफैंलाई दले ‘मोसो’

सांसद र दलहरूको नैतिक धरातल सकिएको अन्सारीकाे आरोप

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २२ गते ००:१५
Image of https://mayorsap.com/storage/photos/shares/ansari-66.PNG

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले आफैंले आफैंलाई मोसो दलेका छन् । आज मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्सारीले संसदमै आफूलाई मोसो दलेका हुन् । 

उनले संसदमा अन्तिममा बोल्ने समय मागेर सांसद र दलहरूको नैतिक धरातल सकिएको बताए । उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रको आदेशमा बनाइएको आरोप लगाए । बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले माइक काटेपछि अन्सारीले आफैंलाई मासो दलेका हुन् ।

 


Facebook Comments