जेनजी आन्दोलनका क्रममा तो*डफोड र आ*गजानीमा संलग्न ९ जना पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/68c3f94061fc0.jpg

दाङ । दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर, सल्यानको छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद् बस्नेत र घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती रहेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो । 


Facebook Comments