किसान श्रेष्ठले भने– एमालेमा विद्रोह गर्नु जीवनको सबैभन्दा ठूलो भूल थियो
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ०२:५०
काठमाडौं । नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले विगतमा पार्टीबाट विद्रोह गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।
सोमबार एमालेले आयोजना गरेको ‘घर फर्क अभियान’मा औपचारिक रूपमा प्रवेश गरेपछि सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेता श्रेष्ठले यो फर्काइ केवल राजनीतिक निर्णय नभई जनताको बीच फर्कने यात्राको सुरुवात भएको दाबी पनि गरे ।
‘विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं, यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो’, उनले भने, ‘यो समयले पनि बताएको छ ।’ उनले पार्टीमा फर्कनुलाई आफ्नो जीवनको सबैभन्दा सत्य क्षण भएको बताए ।
उनले आज केही सयको संख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएका कमरेडहरू पुनः एमालेमा फर्कने विश्वास व्यक्त गरे । श्रेष्ठले अब फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहेर जनताको भरोसा जित्नेगरी लाग्ने प्रतिबद्धता जनाए ।
Facebook Comments