विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट बाहिरियो

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/biplab.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् । 

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र  मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरू आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ ।’ 

उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । उनले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो संभव नबनेको समेत बताए । 


Facebook Comments