दुर्गा प्रसाईंको समुहले गृहमन्त्रालयसँग राख्यो २७ बुँदे माग, के के छन् ?

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते ०१:३९
Image of https://mayorsap.com/storage/photos/shares/durga-prasai-7.PNG

काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले प्रदेश संरचना खारेजसहितका २७ माग पेस गरेका हुन् ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि समावेश गरिएको छ । 

निजामती, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख हुनुपर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने पनि माग राखिएको छ। खाडीमा कामदारका रूपमा गएर जेलमा बस्न बाध्य ७ हजार नेपालीलाई फिर्ता ल्याउनुपर्ने, युवाहरूलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्नुपर्नेलगायतका माग समेत उल्लेख गरिएको छ । 

मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

मागहरु:


Facebook Comments