प्रचण्डको दाबी–ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते २२:५४
Image of https://mayorsap.com/storage/photos/shares/prachanda-1.jpg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’


Facebook Comments