नेपाली कम्युनिष्टसँग एकता गर्दै भीम रावलले भने–नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/sahamati-5.PNG

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा.भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको प्रतिक्रिया दिएका छन् ।  
 
नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, “जुनबेला नेपाल कम्युनिष्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागे झै भएको छ ।”
 
उनले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरणलाई सशक्त रुपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे। “आगामी दिनमा शक्ति रुपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ”, उनले भने ।


Facebook Comments