नेवानिकोको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
No Author Assigned | २०८२ कार्तिक २७ गते १७:२३
काठमाडौं । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदको लागि आज दरखास्त आह्वान गरेको छ । वायु सेवा निगमले सूचना जारी गरी महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आह्वान गरेको हो ।
यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ।
निगमको महाप्रबन्धक पदमा पदपूर्ति गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले यही कात्तिक २५ गते पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् ।

Facebook Comments