आँपचौर–शान्तिपुर सडक स्तरोन्नति हुँदै, तीन साताका लागि सवारी आवागमन बन्द

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २७ गते १४:४३
Image of https://mayorsap.com/storage/photos/shares/sadak-7.jpeg

गुल्मी । आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । स्तरोन्नतिका लागि आँपचौर–शान्तिपुर सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १२ देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन । 

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए ।


Facebook Comments