मधेश प्रदेशसभाकी उपसभामुख ईशरले चौरमै सञ्चालन गरिन् बैठक
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २९ गते ०३:१२
जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक चौरमै बसेको छ । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव गर्दा उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् । तर पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेपछि अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको हो ।
यसअघि सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै हटाउन प्रस्ताव दर्ता गरेका सात दलका सांसदहरूले प्रदेशसभाअघि धर्ना दिएका थिए। सभामुखले पदीय आचरणविरुद्ध संसद्मा दर्ता गराएको पत्रबारे उपसभामुखसँग जानकारी लिन मधेश प्रदेशसभा प्राङ्गणमा आफूहरू सामूहिक रूपमा गएको उनीहरुले बताएका छन् ।
मधेशमा एमालेका सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ।
Facebook Comments