एनपिएलको तयारी पूरा, उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २९ गते १६:११
Image of https://mayorsap.com/storage/photos/shares/pradeeprajonta-ktm-rss-29-7r9a1594.jpg

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघिको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । 

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौंथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । 

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । 


Facebook Comments