मकवानपुरको भिमफेदी–१ बुङ्दोल खोलामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
मकवानपुर । मकवानपुरको भिमफेदी–१ स्थित बुङ्दोल खोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बागमती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल आज बिहान करिब ७ः३० मा मकवानपुरगढी–५ र भिमफेदी–१ को सीमाना नजिक बुङ्दोल खोलामा दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको मकवानपुरका प्रहरी नायक उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।
उनले भने, “बुङ्दोल खोला पुल क्षेत्रमै मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनाबारे थप विस्तृत विवरण संकलन भइरहेको छ।”
उनका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको र दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
Facebook Comments