दृष्टिविहीन महिला विश्वकप : अमेरिकामाथि नेपालको शानदार जित
अमेरिका १० विकेटले पराजित
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले कीर्तिमानी प्रदर्शन गर्दै अमेरिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले केवल ४ बलमा भेटाएर खेल सकाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभर खेल्दै १७ रनको दयनीय स्कोरमा समेटियो । अमेरिकाका कुनै पनि ब्याटरले २ भन्दा बढी रन बनाउन सकेनन् ।
नेपालका लागि दिलसरा धमलाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन् ।
जवाफी ब्याटिङमा नेपालले एक ओभर पनि पूरा नखेली लक्ष्य पूरा गर्यो । दिलसरा धमलाले ५ बलमा एक चौकासहित १२ रन हानेर नेपाललाई सहज जित दिलाइन् ।
यस जितसँगै नेपालले विश्वकपमा आफ्नो तेस्रो जित दर्ता गरेको छ । यसअघि नेपालले अष्ट्रेलियालाई ८ विकेटले र श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो ।
Facebook Comments