एक महिनामै भित्रियो २ खर्ब १ अर्ब बढी रेमिट्यान्स

दशैं-तिहारको प्रभाव

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/remitance-wow.jpg

काठमाडौं । नेपालमा भित्रिने मासिक रेमिट्यान्सले असोज महिनामा ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम अघिल्लो महिना (भदौ) को तुलनामा ७९ प्रतिशतले धेरै हो ।

दशैं–तिहारजस्ता ठूला चाडबाडका कारण विदेशमा रहेका नेपालीले स्वदेशमा धेरै रकम पठाउँदा रेमिट्यान्स आप्रवाहमा उछाल आएको हो । गत वर्ष असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ ।


Facebook Comments