मानव अधिकार आयोगद्वारा प्रहरी हिरासतको निरीक्षण

रिपोर्ट सार्वजनिक हुँदै

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/manab-adhikari.jpg

काठमाडौं । जेन–जी युवाको प्रदर्शनमा सहभागीहरूलाई नियन्त्रणमा लिएपछि प्रहरी हिरासतमा यातना दिएको र दुव्र्यवहार गरेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतहरूको निरीक्षण गरेको छ ।

आयोगले गत बिहीबार र शुक्रबार हिरासतहरूको निरीक्षण गरेको भए पनि त्यसको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले निरीक्षणको निष्कर्ष आज बुझ्ने जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा हिंसात्मक घटना भएको थियो, जसमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबार, संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड भएको थियो ।

हिंसात्मक घटनामा संलग्नलाई पक्राउ गर्ने क्रममा हिरासतमा मानव अधिकारको उल्लङ्घन भएको उजुरी आयोगमा परेपछि आयोगले चासो राखेर अनुगमन गरेको हो ।

आयोगले जेन–जी आन्दोलनमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुसन्धान पनि जारी राखेको जनाएको छ ।


Facebook Comments