६ हजार ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको हो ।
शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments