मधेसमा ७ दलको आन्दोलन जारी : नेपालको झण्डासहित धर्ना

मुख्यमन्त्री खारेजीविरुद्ध सर्वोच्चमा छलफल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/madhesh-dharna-1.jpg

जनकपुरधाम । मधेस प्रदेशमा असंवैधानिक मुख्यमन्त्रीको नियुक्ति, सांसदहरूमाथि कुटपिट तथा उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिको माग गर्दै सात दलका नेता–कार्यकर्ता आइतबार पनि मधेस भवन अगाडि धर्नामा बसेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सात दलले निरन्तर आन्दोलन गर्दै आएका छन् । आइतबार उनीहरूले पार्टीको झण्डाको सट्टा नेपालको झण्डासहित धर्ना दिएका छन् ।

सात राजनीतक दलले मुख्यमन्त्री नियुक्ति खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज दुवै पक्षबीच छलफल हुँदैछ । सात दलले सडकदेखि अदालतसम्म मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् ।


Facebook Comments