यो कसैले नचिनेको बेवारिसे सरकार हो : ओली

दण्डहीनतालाई प्रश्रय दिएको आरोप

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/oli-team.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको वैधता र प्रतिनिधिमूलकताबारे प्रश्न उठाएका छन् ।

प्रेस चौतारी नेपालको टोलीसँग आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संविधान, संसद्, दल वा जेनजी कुनैको पनि प्रतिनिधि नभएको टिप्पणी गरेका हुन् ।

‘यो सरकार कसको प्रतिनिधि हो ? जेन–जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसद्ले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’, उनले भने, ‘आखिर यो सरकार कसको हो ?’

उनले यो बेवारिसे सरकारले तोडफोड र आगजलागीमा संलग्नहरूलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाए ।

गृहमन्त्रीले समेत अपराधीलाई पक्राउ नगर्न निर्देशन दिएको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे ।


Facebook Comments