स्वदेश फर्केपछि पार्टीभित्र देउवाको सक्रियता, मतभेद समाधान गर्न पहल

सर्वसम्मत निर्णयका लागि निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते १९:४९
Image of https://mayorsap.com/storage/photos/shares/sherbahadurdeuba-20220121122941.jpg

काठमाडौं । थप उपचारका लागि सिङ्गापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि पार्टीभित्रका मतभेद समाधान गर्न र एकता कायम गर्न सक्रिय भएका छन् ।

स्वदेश फर्केपछि सभापति देउवाले शनिबार साँझ आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भेट गरेका थिए, भने आज (आइतबार) महामन्त्री विश्वप्रकाश शर्मा सँग छलफल गरेका छन् ।

प्रवक्ता प्रकाशशरण महतले भने, ‘सभापतिज्यूले नेताहरूसँग भेट गर्नुभएको छ । एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ भन्ने कुरा उहाँको छ ।’ नेताहरूले सभापति देउवासमक्ष पुसभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर चुनावपछि वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सभापति देउवाले पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका हुन् । देउवाले सबैलाई खड्कालाई सहयोग गर्न र सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट निर्णय लिनसमेत आग्रह गरे ।


Facebook Comments