बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते ०३:०७
Image of https://mayorsap.com/storage/photos/shares/sekh-hashina.png

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । स्थानीय अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गरेकाे हो।

अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको समेत ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको समेत अदालतले ठहर गरेको छ ।

हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनीविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ ।


Facebook Comments