एमाले संसदीय दलको बैठक बस्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते ०१:३९
काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापनाको माग गरिरहेको छ । यो विषयलाई लिएर अदालत जाने किन नजाने भन्ने विषयमा निष्कर्षमा पुग्न छलफल गर्न लागिएको बर्तौलाले बताए ।
Facebook Comments