पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २ गते २३:१८
Image of https://mayorsap.com/storage/photos/shares/npl-pokhara-biratnagar.png

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले  पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ ।

विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो ।

विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।


Facebook Comments