सिराहमा डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा घाइते
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १४:०३
काठमाडाैं। सिराहामा मध्यराति आएको डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा गरी दुईजना गम्भीर घाइते भएका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२, बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई छातीमा गोली लागेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेश बहादुर पालका अनुसार डाँका समूहले लुटपाट गर्न खोज्दा महतो परिवारले प्रतिकार गर्न खोजेपछि समूहले गोली चलाएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
Facebook Comments