लेबनानको शरणार्थी शिविरमा इजरायली आ*क्रमण : १३ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १७:०३
एजेन्सी । दक्षिणी लेबनानस्थित ऐन–अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।
यो आक्रमण गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धविराम लागू भएयता लेबनानमाथि गरिएको सबैभन्दा घातक हमला मानिएको छ ।
सञ्चारमाध्यमका अनुसार इजरायली ड्रोनले सिदोन बाहिरी क्षेत्रको एक मस्जिद नजिकैको पार्किङ क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो ।
लेबनानको स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको पुष्टि गरे पनि घटनास्थलमा पुगेका पत्रकारहरूलाई लेबनानी लडाकुहरूले रोकेका थिए ।
इजरायली सेनाले आफूले हमासद्वारा प्रयोग भइरहेको ट्रेनिङ कम्पाउन्डमा प्रहार गरेको र त्यहाँबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको दाबी गरेको छ ।
लेबनानले यो दाबी अस्वीकार गर्दै आक्रमण खेलमैदानमा भएको र यसलाई जघन्य अपराध भन्दै निन्दा गरेको छ ।
Facebook Comments