तनहुँको बुल्दीखोला पुल निर्माणमा ढिलाइ, ३ वर्षमा ३७ प्रतिशत मात्र काम

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १३:४९
Image of https://mayorsap.com/storage/photos/shares/pull-alapatra.jpg

तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँलाई जोड्ने बुल्दीखोलामा निर्माणाधीन पक्की पुलको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ । 

तीन वर्षअघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने उक्त पुलको अहिलेसम्म जम्मा ३७ प्रतिशत मात्रै काम पूरा भएको छ ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले काममा गुणस्तरहीनता देखाएपछि २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण सुरु गरिएको छ ।

हाल पुलको ’फाउण्डेसन’ को काम जारी रहेको छ । यो पुलको कुल लागत रु पाँच करोड १० लाख ३३ हजार रहेको छ ।


Facebook Comments