फेरि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते २२:०९
Image of https://mayorsap.com/storage/photos/shares/gold9.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य  तोलामा रु दुई हजार ८ सय रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० रुपैयाँले बढेको छ ।

आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments