बञ्चरेडाँडामा फेरि रोकियो फोहोर विसर्जन, २५० गाडी अलपत्र
राज्यले झुक्याएको भन्दै स्थानीय आन्दोलित
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १३:५७
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुने बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाले फेरि अवरोध गरेपछि फोहोर व्यवस्थापन रोकिएको छ ।
स्थानीयले फोहोर बोकेका गाडीहरूलाई साइटतर्फ नआउन भनेपछि आज काठमाडौं उपत्यकाबाट हिँडेका करिब २५० टिप फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् ।
फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले गाडीहरू रोकिएको पुष्टि गरेका छन् । स्थानीयवासी विश्वास ढुंगानाले राज्यले आफ्ना मागहरू सधैँ झुक्क्याएको भन्दै फोहोर रोक्ने कदम चालिएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन र अन्य पालिकाबाट ७ सय टन गरी दैनिक जम्मा १४ सय टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।
Facebook Comments