प्रतिनिधि सभा पुन:स्थापनाकाे माग गर्दै एमाले सर्वोच्च जाने

महेश र सुनितालाई अख्तियारी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/kp-sharma-oli056-scaled_1.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमालेले पुन:स्थापना माग गर्दै आइतबार औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।

मङ्गलवार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जाने अख्तियारी दिएको थियो ।

एमाले नेता बर्तौलाका अनुसार संसदीय दलको सर्वसम्मत निर्णयलाई आधार बनाएर व्यक्तिगत रूपमा नभई सिङ्गो पार्टीका तर्फबाट रिट दायर गरिनेछ । यसरी रिट लैजाँदा सबै ७९ जना सांसदको प्रतिनिधित्व रहने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओली निकट स्रोतका अनुसार रिटमा अन्तरिम आदेश नमागिने तर नियमित सुनुवाइको प्रक्रिया आरम्भ गरेर फैसला गर्न माग गरिने तयारी छ ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेलाई चुनावको मिति घोषणा गरेका थिए ।


Facebook Comments