महेश बस्नेतको विरोधमा उत्रिएका जेन-जी र प्रहरीबीच सिमरा विमानस्थलमा झडप
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १३:४७
बारा । नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेन–जी युवा समूह र प्रहरीबीच झडप भएको छ ।
मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन नेता बस्नेत आज बारा आउने कार्यक्रम तय भएपछि सिमराका युवाहरूले विमानस्थल घेराउ गरेका थिए ।
घेराउ खोल्नका लागि प्रहरीले बल प्रयोग गरेपछि दुई पक्षबीच झडप भएको हो । अहिले विमानस्थलको सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरीको ठूलो समूह परिचालन गरिएको छ ।
बस्नेतलाई स्वागत गर्न विमानस्थल पुगेका पूर्वमन्त्रीहरू किसान श्रेष्ठ, ज्वालाकुमारी साह र एमाले नेता अच्युत मैनाली लगायतका नेताहरूलाई समेत प्रहरीले सुरक्षा दिएर राखेको छ ।
Facebook Comments