जेन–जी र युवा संघबीच झडपपछि सिमरामा कर्फ्यू जारी
पथलैया सडक खण्डमा भेला हुन प्रतिबन्ध
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १३:४९
जनकपुरधाम । एमाले नेता महेश बस्नेतको आगमनको विरोधलाई लिएर सिमरा विमानस्थलमा जेन–जी युवा समूह र युवा संघका कार्यकर्ताबीच झडप भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कफ्र्यू आदेश जारी गरेको छ ।
बुधवार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्मका लागि गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस वा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।
एमालेको युवा जनजागरण अभियान कार्यक्रम सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता बस्नेत बारा आउने भएपछि जेन–जी युवाहरूले उनीहरूलाई रोक्न विरोध प्रदर्शन गर्दा झडप भएको थियो ।

Facebook Comments